बिना काम घर बाहिर हिँडेर कोरोना संङक्रमणको जोखिम नबढाउनुहोस– सिडियो पाण्डे

नारायण न्यौपाने,पाल्पा, बैशाख १२-पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले पाल्पाली जनताहरुलाइ बिना काम घर बाहिर निस्केर कोरोनाको जोखिम नबढाउन आग्रह गर्नुभएको छ । सरकारले लक डाउन नगर्दासम्म प्रशासनले जनताहरुलाइ सम्झाउने बाहेक केही गर्न नमिल्ले भन्दै पाण्डेले यस्तो बिषम परिस्थितीमा आँफु सुरक्षित रहँदै अरुलाइ पनि सचेत गराउनु पर्ने बताउनुभयो । ‘जरुरी काम छ भने सुरक्षाका मापदण्ड अपनाएर निस्किनुपर्छ अन्यथा घुम्नका लागि ननिस्किदिदा सुरक्षित हुन सकिन्छ’ पाण्डेले भन्नुभयो, ‘ भिडभाड गर्ने काम तत्कालनै रोक्नुपर्छ, यसका लागि सबै सचेत बनौँ ।’

सर्वसाधरणलाई कारोनाबाट जोगिनका लागि माइकिङ मार्फत अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयले मास्क बितरण समेत गरेको छ । ५ हजार बढि मास्क बितरण गरेको बताउदै पाण्डेले अब केहि दिनमा मास्क नलगाउनेलाइ जरिवाना समेत तिराउने बताउनुभयो । पाण्डेले भन्नुभयो,‘ हामि नियमित बैठक तथा परामर्समा छौँ, याँहाका अस्पतालमा सुरक्षा निकायका साथिहरु संगै निरिक्षण समेत भएको छ । स्थानिय तहका प्रमुख तथा प्रतिनिधि संग कोरोना रोकथाम तथा नियन्त्रणका लागि भैरहेका प्रयासबारे जानकारी समेत लिइएको छ, आवस्यक तयारीका लागि भनिएको छ ।’

आइतबार पाल्पामा १५ जना कोरोना संङक्रमित थपिएका छन् । २४ घण्टामा ४६ जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.