परीक्षार्थी अन्याैलमा, जिम्मेवार निकाय माैन ! पाल्पामा कार्यालयदेखी विद्यालय तहसम्म संक्रमित

१३ बैशाख २०७८, सोमवार ,पाल्पामा परीक्षा दिने तयारी रहेका परीक्षार्थी अन्याैलमा परेका छन् । जिल्लाका सरकारी तथा संस्थागत विद्यालयले आफू अनुकूल सूचना प्रवाह गर्दा अन्याैलता बढेकाे हाे । तर नेपाल सरकार, काेभिड १९ संकट व्यवस्थापन संञ्चालन केन्द्रले भने १२ गते हिजो साँझ नै विज्ञप्ती प्रकाशित गरि अर्काे सूचना नभएसम्मकाे लागि पूर्व निर्धारित सबै प्रकारका परीक्षाहरू र भाैतिक रूपमा चल्ने पठनपाठन बन्द गर्ने निर्णय गरेकाे छ ।

सोमवार तानसेनमा कक्षा १० का टेष्ट परीक्षा संचालन भएका छन् । विहानी शत्रका क्याम्पसकाे भाैतिक पठनपाठन तथा परीक्षा समेत सञ्चालनमा छन् । तर पाल्पामा जिम्मेवार निकायहरू याे समाचार तयार पार्दासम्म माैन देखिएका छन् । एक अभिभावकले आफूहरू अन्याैलमा परेकाे भन्दै सराेकारवालाहरूकाे ध्यानाकर्षण गराउन अनुराेध गरे । उनी भन्छन्, विद्यालयबाट म्यासेज अाएकाे छ, परीक्षाहरू चल्छन् भनेर सरकारले एउटा कुरा गर्छ यहाँका निजी विद्यालयले फि उठाउन कै लागि अर्काे कुरा गर्ने गरेका छन् । जाेखिम बढेकाे बढ्ढै छ, हाम्रा बालबालिकाकाे जिम्मेवारी लिनुपर्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.