भारत तथा तेस्रो मुलुकबाट आउनेहरुलाई बगनासकालीमा १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने

बिष्णु घिमिरे, बैशाख १३ – बगनासकाली गाउपालिका पाल्पाको सोमबार कार्यपालिका बैठक बसेको छ । गाउपालिकाका उपाध्यक्ष सरस्वती चिदीको अध्यक्षतामा बसेको बैठकले कोरोना महामारी नियन्त्रणको लागि भोली देखी गाउपालिका भित्रका सबै शैक्षिकसंस्थाहरु बैशाख २० गते सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । गाउपालिकाका प्रवत्ता लक्ष्मी अधिकारीका अनुसार कार्यपालिका वैठकले भारत तथा तेस्रो मुलुकबाट आउनेहरुलाई अनिवार्य १४ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ । प्रवत्ता अधिकारीका अनुसार उनीहरुको आफु बसेकै घरघरमै गएर कोरोनाको नमुना संकलन गरी परीक्षण गर्ने व्यवस्था बगनासकाली गाउपालिकाले गर्ने निर्णय भएको छ ।

त्यसैगरी बगनासकाली गाउपालिकाले तत्कालै १५ शैयाको कोरोना अस्पताल निर्माण गर्ने र त्यसका लागि ५० सिलिण्डर अक्सिजन खरिद गर्ने पनि निर्णय भएको छ । सोमबार गाउपालिकामा बसेको कार्यपालिका बैठकले अस्पतालमा बेड नपाएर होम आइसोलेसनमा बसेका संक्रमितहरुको लागि आवश्यक परेमा घरमै अक्सिजन पुर्याउने व्यवस्थ ागर्ने सम्मको निर्णय गरेको छ । त्यसैगरी घरमा आइसोलेसनमा बसेका संक्रमितहरुको लागि औषधी उपचारको किट घरघरमै उपलब्ध गराउने र आर्थिक विपन्नहरुलाई कोरोना अस्पतालमा लागेको खर्च समेत बगनासकाली गाउपालिकाले नै वेहोर्ने पनि निर्णय भएको छ । साथै गाउपालिका भित्र कुनै पनि विवाह, भोज, भतेर जस्ता सामाजिक र सास्कृतिक कृयाकलाप नगर्न समेत अनुरोध गर्ने निर्णय भएको अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताउनुभयो ।

बगनासकाली गाउपालिकालाई कोरोना संक्रमणबाट बचाउन सम्बन्धित सरोकारवाला निकायहरुबाट सहयोगको अपिल समेत गर्ने निर्णय भएको प्रवत्ता लक्ष्मी अधिकारीले बताउनुभयो । साथै कोरोना संक्रमणमा जुधिरहनुभएका गाउपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल सहित बगनासकालीका नागरिकहरुको स्वास्थ्य लाभको कामना गरिएको अधिकारीको भनाई छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.