सरकारले एक सय २० अभियुक्तकाे मुद्दा फिर्ता लियाे

बैशाख १५, २०७८ बुधबार ,काठमाण्डाै – सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका एक सय २० अभियुक्तकाे मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले याे निर्णय गरेको जानकारी दिइएकाे छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.