भरतपुर अस्पतालमा भोलिदेखि बहिरङ्गसहितका सेवा बन्द

बैशाख १६, २०७८ बिहिबार ,काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण उच्च हुँदै गएपछि भरतपुर अस्पतालमा भोलिदेखि बहिरङ्गसहितका सेवा बन्द हुने भएको छ । अस्पतालले सूचना निकालेर भोलिदेखि अर्को व्यवस्था नभएसम्मका लागि बहिरङ्ग सेवासहितका सेवा बन्द गर्ने जनाएको हो ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीको संयोजकत्वमा बसेको बैठकले अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा यथावत राख्ने र ज्वरो आएका बिरामीका लागि अस्पतालमा ज्वरो क्लिनिक सञ्चालन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.