पाल्पामा कर्मचारी बिच जोखिम भत्ताको लडाँइ, संक्रमितको स्वाव संग जीवन साटिरहेका स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएनन्

नारायण न्यौपाने,पाल्पा, बैशाख १७-रामपुर नगरपालिकाका स्वास्थ्य कर्मिले अहिलेसम्मनै जोखिम भत्ता पाएका छैनन । कोरोना नियन्त्रणमा खटेका स्वास्थ्य कर्मिले जोखिम भत्ता नपाएपछि अहिले उनिहरुलाइ परिचालन गर्न समस्या भएको स्वास्थ्य शाखाका प्रमुख गिरिराज घिमिरेले बताए । ‘म काम गर्न जाँदिन भन्छन, मलाइ मुभिलाइज गर्न समस्या भएको छ’ घिमिरेले भने,‘लेखाले बिपत कोषमा पैसा छैन भन्छ, प्रशासकिय प्रमुखले पाउनुहुन्छ भन्नुहुन्छ, मेयर सापले हुन्छ भन्नुहुन्छ तर भएको चाँहि केही छैन ।’ प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले स्वास्थ्य कर्मिले जोखिम भत्ता पाएका छैनन भन्ने जानकारी भएको तर आफँु नगरपालिकामा आएको २ महिना मात्र भएकोले यस बिषयमा धेरै जानकारी नभएको बताए । लेखा अधिकृत रेनुराम ज्ञवालीले आँफुलाइ प्राप्त रिपोर्टमा ३२ जना स्वास्थ्यकर्मी र ४३ जना प्रशासनिक कर्मचारीको नाम भएकाले स्विकृत नगरेको बताए । ‘स्वास्थ्य कर्मि भन्दा प्रशासनका कर्मचारी भत्ता खानेको लिस्टमा बढि भएकाले पनि समस्या भयो, प्रशासनका कर्मचारीले नपाउँदा बिरोध गर्ने संभावना भयो, उहाँहरु बिच के छ म जान्दिन’, ज्ञवालीले भने, ‘याँहा एक खालको बिवाद छ त्यसैले मिलेको छैन भन्ने बुझेको छु ।’ कार्यालयका कर्मचारिको लडाँइले जोखिम भत्ता निकासामा समस्या भएको छ । नगरपालिकाले भने पौष १६ गतेको कार्यपालिका बैठकबाट जोखिम भत्ताका लागि १५ लाख रुपैँया निकासा गर्ने निर्णय गरेको नगर प्रमुख रमण बहादुर थापाले बताए । कर्मचारिको आन्तरीक समस्याले भत्ता बितरण नभएको थापाको भनाइ छ ।

१० मध्य ६ स्थानिय तहले साउन यता स्वास्थ्य कर्मिलाइ जोखिम भत्ता दिएका छैनन । स्वास्थ्य कर्मिले मागिरहन पनि छोडिरहेका छैनन । यो बिचमा आफुँहरुले काम गरिरहेको बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताए । ७७ असार सम्म २० प्रतिशत जोखिम भत्ता पाएको तर त्यसपछी नपाएको उनले बताए । गाउँपालिका अध्यक्ष कृश्ण बस्यालले नेपाल सरकारको तलब खाएपछी बिपतको बेलामा स्वास्थ्य कर्मिले भत्ताको आशा गर्न नहुने र दायित्व वोध गरेर काम गर्नुपर्ने बताए ।

रिब्दिकोट गाउँपालिकाले पनि साउन यता जोखिम भत्ता दिएको छैन । स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारील ेअसार मसान्त सम्म अरुले ३ महिनाको भत्ता पाउँदा आफुले १ महिनाको मात्र पाएको र त्यसपछी केही नभएको बताए । गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले स्रोत पनि नभएको र निर्णय पनि नगरिएकोले जोखिम भत्ता बितरण नगरिएको बताए ।

तानसेन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले असार मसान्त सम्म ४ महिनाको तलबको २० प्रतिशतका दरले पाएको र त्यसपछि बाँकी ५ महिनाको माग्न समेत छोडेको बताए । ‘सरकारको कर्मचारी हौँ, ठिकै त छ नी भनेर छोडियो’ न्यौपानेले भने । तर तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहिले कोरोनाको संकट हुँदा सम्मको दिएको तर कुनै किसमिले बाँकि भएको भए त्यो रकम दिइने बताए ।
रैनादेबि छहरा गाउँपालिकाले असार मसान्त सम्म स्वास्थ्य कर्मिलाइ जोखिम भत्ता दिएको छ । माथागडि गाउँपालिकाले असार मसान्त सम्म ४० प्रतिशतका दरले जोखिम भत्ता दिएको र त्यसपछि पैसानै नभएकाले नदिएको प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए । निस्दी गाउँपालिकाले पनि असार मसान्त सम्मको मात्रै जोखिम भत्ता दिएको अध्यक्ष मुक्त बहादुर सारुले बताए ।

पाल्पा जिल्ला अस्पतालमा ८४ जना कर्मचारीले काम गर्छन । यसमध्य ५ जना कोभिड प्रयोगशालामा छन । ८४ जना मध्य २४ जना करार सेवाका कर्मचारी हुन । याहाँ कार्यरत स्वास्थ्यकर्मीले ०७७ साउनदेखी जोखिम भत्ता पाएका छैनन । ‘करारका कर्मचारीलाइ अस्पताल ब्याबस्थापन समितिले निर्णय गरेर जोखिम भत्ता दिन सक्छ’ अस्पतालकी लेखापाल राधा न्यौपानेले भनिन, ‘स्थायि कर्मचारीका लागि नेपाल सरकारले बजेट पठाएको छैन ।’ जोखिममा काम गर्दाको पैसा नपाउँदा समस्या भएको अहेव अरुण कार्कीले बताए । पाल्पामा पहिलो चरणको कोरोना जोखिम न्यूनिकरणका लागि ०७७ कार्तिक मसान्त सम्म काम भएको थियो । अस्पताल ब्यावस्थापन समितीका अध्यक्ष नेत्र प्रसाद पाण्डेले बैठक बस्न अनुकुल नभएका कारण जोखिम भत्ताको बिषयमा निर्णय हुँन बाँकि रहेको र निर्णय गरेर दिइने बताए ।

३ स्थानिय तहमा कामको आधारमा जोखिम भत्ता
३ स्थानिय तहले भने जोखिममा काम गरेका स्वास्थ्य कर्मिलाइ भत्ता दिएका छन । रम्भा गाउँपालिकाले फिल्ड गएको आधारमा दैनिक खाजा तथा खाना खर्च ३ सय ५० रुपैयाँका दरले दिएको गाउँपालिका अध्यक्ष बिश्णु भण्डारीले बताए । पुर्वखोला गाउँपालिकाले कामको आधारमा स्वास्थ्कर्मीलाइ जोखिम भत्ता उपलब्ध गराएको अध्यक्ष नुन बहादुर थापाले बताए । माघ मसान्त सम्मनै भत्ता दिएको उनले बताए । तिनाँउ गाउँपालिकाले दैनिक १ हजार सम्म ०७७ कार्तिक मसान्त सम्म जोखिम भत्ता दिएको अध्यक्ष ओम बहादुर घर्ति मगरले बताए । ‘जसले काम गरेका छन उनिहरुलाइ हामिले ससम्मान जोखिम भत्ता दिएका हौँ काम नगर्नेलाइ भने दिएनौँ’, अध्यक्ष मगरले भने । दैनिक कामको आधारमा स्वास्थ्य कर्मिलाइ भत्ताको ब्यावस्था गरेको र स्वास्थ्य कर्मि खुसी भएको स्वास्थ्य संयोजक कृश्ण कार्कीले बताए ।

जिल्लाका ३ स्थानिय तहले जोखिम भत्ता दिदाँ अन्य पालिका प्रमुखहरुले आर्थिक स्रोतको कारण देखाएका छन । तर त्यसबाट स्वास्थ्य कर्मिको मनोबल कति गिरेको छ भन्ने हिसाव गरेका छैनन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.