तानसेनमा न बिजुली न पानी ।

नारायण न्यौपाने,पाल्पा, बैशाख १७ । बिहानको ८ बजेको छ । बिजुली छैन । हिजो राती आकाशमा चम्केको बिजुलीको अलीअली प्रकाश कोठामा परेको थियो त्यही प्रकाश कोठामा परेर केहि निमेष उज्यालो भयो, पल्लो कोठामा बस्ने साथिको बच्चाले बिजुली आयो भनेर चिच्याएको थियो । पाल्पाको बिजुली त्यसरीनै आउने जाने गर्छ भन्ने बच्चालाइ पनि थाहा भएर होला ।

पानी आउने हालत पनि उही हो पानीले पनि उस्तै पिडा दिएको छ तानसेनबासिलाइ । मोटर बिग्रिन्छ, बिजुली हुँदैन, कर्मचारी समयमा जाँदैनन्, केही भलाद्मीको फोनले अरुबेला पनि धारा छोड्दीन पर्छ र पानी रितिन्छ । कैले काँही पानी आइनै हालेछ भने अर्को खानेपानी नियन्त्रण कार्यालय भाडामा बस्नेका लागी घरभेटीहरु छँदै छन, उनका परिवारका सदस्यहरु २४ घण्टे कर्मचारी हुन । उनिहरुलाइ तलब दिन भाडामा बस्नेहरुलाइ बिभिन्न शिषर्कहरु छन, कोठा भाडा, मोटर चलाएर पानी तानेको, घर बाहल कर, टोइलेट जाम गराएको आदि ।

कोरोनाको महामारीमा धेरै सुनिएको कुरा हात पटक पटक मिचिमिचि धुनुपर्छ भन्ने हो । तर तानसेनमा खानका लागी पानी पु्याउन कठिन छ । हात धुने कुरा समस्याको बिषय भयो । नुहाउने कुरा भन्दा जोक गरेजस्तो होला, १ साता बितेपछि सोँच्ने हो र २ साता पुगेपछी कतै मेसो मिलाएर नुहाउने हो ।
बिजुली किन आएको छैन ? यो सोध्नै प्रदैन कार्यालयलाइ । जवाफ बुटवलबाट गएको छ भन्ने आइहाल्छ । पानी कहिले आउँछ यो पनी धेरै सोधिरहँन पर्दैन । कि मोटर बिग्रिन्छ, ‘बिजुली नै छैनत’ यो उनिहरुलाइ भरपर्दो जवाफ हो ।

हाम्रा सबै सांसद तथा जनप्रतिनिधीलाई पनी सोध्नु पर्दैन, किन यि समस्याको समाधान भएन भनेर कीनकी उहाँहरु स्मार्ट नगरपालीका बनाउन लाग्नुभएको छ । स्मार्ट ठाउँमा बिजुली बल्दैन, पानी आउँदैन । खाली त्यहाँ वाइफाइ चल्छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.