संक्रमितको घरमै औषधी

नारायण न्यौपाने,पाल्पा,१७ बैशाख-जिल्लाको बगनासकाली गाउँपालिकाले कोरोना संक्रमितहरुको घरमै स्वास्थ्य सामाग्री वितरण गरेको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार संक्रमितहरुको घरमै पुगी स्वास्थ्य सामाग्री वितरण सुरु गरिएको स्वास्थ्य शाखाले जनाएको छ । कोरोना संक्रमित भई घरमै आइसोलेसनमा बसेका संक्रमितहरुको लागि स्वास्थ्य सामाग्री वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए ।

बगनासकाली गाउँपालिकामा अहिलेसम्म १२ जना सक्रिय संक्रमित छन । उनिहरुलाइ शक्तिबर्धक औषधीहरु, भिटामिन बि, भिटामिन सी, जिङ्क चक्की, च्यावनपराश, सिटामोल, आवश्यकता अनुसार एन्टिबायोटिक औषधीहरु, डिजिटल थर्मोमिटर, अक्सिजन, पल्स अक्सिमिटर, माक्स र सेनिटाइजर लगायतका सामाग्रीहरु वितरण गरिएको हो । एक जनालाइ कम्तिमा १ हजार र बढिमा २ हजार रुपैँयाको औषधी बितरण गरिएको अधिकारीले बताए । ‘बितरण गर्ने क्रम जारि रहन्छ’, अधिकारीले भने, ‘स्वास्थ्यचौकीका प्रमुखहरु घरमै पुगेर औषधी बितरण गर्ने र स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने काम गर्नु भएको छ ।’
औषधी तथा स्वास्थ्य सामग्री लिएपछी बगनासकाली ६ यम्घाकी ७० वर्षिय एक महिलाले गाउँपालिकाले आफ्नो स्याहार गरेकोमा हर्षका आसुँ खसालिन । ‘म संग औषधी खाने पैसा थिएन’ उनले भनिन, ‘अब त बाचिन्छ भन्ने शाहस आएको छ ।’

बाहिर उपचार गर्न जान पनी समस्या हुने तथा सामान्य अवस्थामा आफ्नो स्वास्थ्य अवस्था घरमै बसेर जानकारी होस भन्ने उद्वेश्यले स्वास्थ्य सामग्री र औषधी बितरण गरिएको गाउँपालिका अध्यक्ष कृश्ण बस्यालले बताए । उनले भने, ‘अक्सिजन सिलिण्डर पनी पालिकामा आइसकेको छ, कोरोना अस्पताल निर्माण सकिन लागेको छ, बेड लगायतका सबै सामाग्रीको ब्यावस्थापन पछी केही दिनमै अक्सिजन सहितको कोरोना अस्पताल सुरुहुन्छ ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.