काेराेना सङ्क्रमितको उपचारका लागि काठमाण्डौबाट झापा पुर्‍याइयाे

बैशाख २०, २०७८ सोमबार ,काठमाण्डाै – काठमाण्डौका अस्पतालमा कोरोनाका जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटरसहित सघन उपचार कक्ष आईसीयू शय्याकाे चरम अभाव हुन थालेपछि उपत्यकाबाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी बिरामी लैजान थालिएको छ ।

काठमाण्डौको मनमोहन अस्पतालमा उपचाररत एक काेराेना भाइरसका सङ्क्रमितलाई साेमवार (आज) झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा लगिएको छ । बिरामीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत ‘बेड लिफ्ट’ गरिएको हाे ।

काठमाण्डौका अस्पतालमा भेन्टिलेटरसहितको आइसीयू शय्या नपाएपछि झापा कमल गाउँपालिका वडा ५ का एक सङक्रमितलाई बीएण्डसी अस्पताल लगिएको हो ।

यसअघि ह्याम्स अस्पतालबाट झापाकै एक जनालाई लगिएको थियो । ती सङ्क्रमितको अवस्था सुधार भइरहेको बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.