थप नाै हजार ७० जनामा काेराेना सङ्क्रमण, ५४ जनाकाे ज्यान गयाे

बैशाख २३, २०७८ बिहिबार ,काठमाण्डाै – पछिल्लाे २४ घण्टामा देशभर नाै हजार ७० जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । २० हजार तीन सय ६७ जनाकाे पीसीआर परीक्षण गर्दा आठ हजार नाै सय ७० जना र सात सय ७५ जनाकाे एन्टिजेन परीक्षण गर्दा एक सय जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या तीन लाख ६८ हजार पाँच सय ८० पुगेकाे छ । यस्तै पछिल्लाे २४ घण्टामा दुई हजार सात सय सात जना निकाे भएसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या दुई लाख ९२ हजार चार सय ९० पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा सङ्क्रमणबाट ५४ जनाले ज्यान गुमाएका छन्, याेसँगै ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार पाँच सय २९ पुगेकाे छ । आज देशभर ७२ हजार पाँच सय ६१ जना सक्रिय सङ्क्रमित छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.