पाल्पामा आइतबार थप ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि

२६ बैशाख २०७८,आईतवार ,पाल्पा – पाल्पामा आइतबार थप ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पुरुष ८० र महिला ३९ जना गरी ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

योसँगै पाल्पामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार नाघेको छ । पाल्पामा आइतबारसम्ममा एक हजार ३५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।

स्वास्थ्यका अनुसार रैनादेवी छहरामा ४०, तानसेनमा ४४, रिब्दीकोटमा ३, तिनाउमा ९, बगनासकालीमा ४, रम्भामा ७ र माथागढीमा २ जना कोरोना सङ्क्रमित थपिएका हुन्

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.