थप नाै हजार दुई सय ७१ जनामा काेराेना पुष्टि, चार हजार सात जना सङ्क्रमणमुक्त

बैशाख २७, २०७८ सोमबार ,काठमाण्डाै – नेपालमा गएकाे २४ घण्टामा नाै हजार दुई सय ७१ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । १७ हजार ६ सय २३ जनाको पीसीआर र सात सय ८८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा नाै हजार दुई सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।याेसँगै नेपालमा अहिलेसम्म चार लाख तीन हजार सात सय ९४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । नेपालमा अहिले ९३ हजार एक सय ४१ जना सक्रिय सङ्क्रमित छन् ।

आज एकै दिन चार हजारभन्दा धेरैले कोरोनालाई जितेका छन् । गएको २४ घण्टामा चार हजार सात सय जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ६७ हजार ९४ पुगेकाे छ । अहिले नेपालमा काेराेना निकाे हुने दर ७६ प्रतिशत रहेकाे छ ।

यस्तै कोरोना सङ्क्रमणका कारण गएको २४ घण्टामा एक सय ३९ जनाको ज्यान गएको छ । एकै दिन ज्यान गुमाउनेकाे यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । केही दिनयता नेपालमा कोरोना सङ्क्रमितको मृत्युदर निकै बढेको छ । हिजो ८८ जनाको ज्यान गएको थियो, आज त्यो सङ्ख्या बढेर एक सय ३९ जनाको ज्यान गएको छ । योसहित अहिलेसम्म तीन हजार आठ सय ५९ जनाको ज्यान गएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.