बिकाश हुँदै गर्छ, अहिले जनतालाइ स्वास्थ्य सुविधा दिनुनै हाम्रो प्राथमिकता हो– महाशिला गाउँपालिका अध्यक्ष पौड्याल

नारायण न्यौपाने, बैशाख २८/पर्वतको महाशिला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौड्यालले जनतालाइ स्वास्थ्य सुविधा दिनुनै अहिलेको प्राथमिकता भएको बताउनुभयको छ । रेडियो कुटुम्बको कार्यक्रम कोरोना केशमा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष पौड्यालले कोरोनाले महाशिलालाइ पनि प्रवावित बनाएकाले संङक्रमण नियन्त्रण र संङक्रमितहरुको उपचारका लागि कुनै कसर बाँकि नराखेर काम गरिरहेको बताउनुभयो ।

‘जनताको स्वास्थ्य सुरक्षा हामि सबैको पहिलो काम हो, यो बेलामा हाम्रो सबै ध्यान महामारि नियन्त्रणमा छ’ पौड्यालले भन्नुभयो, ‘बिकाशको काम अर्को बर्ष हुन्छ, त्यो गरिरहने काम हो, अहिले हामिले हाम्रा पब्लिकको स्वास्थ्यलाइ ध्यान दिएका छौँ ।’

स्वास्थ्य संकटलाइ सबै मिलेमात्रै जित्न सकिने भएकाले यसमा पालिका बासीले कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने पौड्यालको जोड छ । उहाँले भन्नुभयो, ‘महाशिलाले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन युक्त बेड समेत तयार गरेको छ । गाउँपालिकाले प्रयोग गर्ने यातायातका साधन बिरामी र औषधि बोक्न प्रयोग गरिएको छ । संक्रमितहरुलाइ यातायात संगै निशुल्क खानाको समेत ब्याबस्था गरिएको छ । बाहिरबाट आउने मानिसहरुलाइ सजग हुन, कोरोना परिक्षणको नेगेटिभ रिजल्टपछि मात्रै परिवारलाइ भेट्न अनुरोध छ । सबै भन्दा ठुलो कुरा सुरक्षा भएकाले नेपाल सरकार तथा बिश्व स्वास्थ्य संगठनका सुरक्षा मापदण्ड पालना गर्न अनुरोध गर्दछु ’
प्रस्तुत छ उहाँ संग गरिएको कुराकानी

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.