झलनाथ–माधवलाई गाली गरेर एमाले विभाजन गरिँदैछ : भुसाल

बैशाख २९, २०७८ बुधबार ,काठमाण्डाै – नेकपा एमालेकाे खनाल नेपाल समूहका नेता घनश्याम भुसालले झलनाथ खनाल र माधवलाई नेपाललाई गाली गरेर बाँकी रहेकाे पार्टी विभाजन गर्न लागिएकाे आराेप लगाउनुभएकाे छ । बुधवार फेसबुकमा स्टाटस लेख्दै नेता भुसालले नेकपा विभाजन हुँदा पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेर पाप ढाक्ने प्रयास भएकाे र अहिले झलनाथ र माधवलाई गाली गरेर बाँकी रहेकाे एमाले विभाजन गर्न लागिएकाे बताउनुभएकाे छ ।

उहाँले लेख्नुभएकाे छ, ‘हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ । नेता भुसालले आज आफूहरूविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुँदा दोस्राे पटक पनि असफल भएका शक्तिहरूले चुनावको नाममा फेरि प्रतिनिधि सभा विघटन गराएर आफूहरूसँग बदला लिन कस्सिएकाे बताउनुभएकाे छ ।

विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद रहेकाे बताउँदै उहाँले भन्नुभएकाे छ, ‘तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.