नगरपालिका जमानी बसेपछी उपचार खर्च तिर्न नसकेर २ दिनदेखि अस्पतालमा रहेको शव उठ्यो तर दाहसंस्कार गर्ने पैसा छैन

नारायण न्यौपाने/पाल्पा, जेठ २० /उपचार खर्च तिर्न नसक्दा लुम्बिनी मेडिकल कलेज तानसेनले आफन्तलाइ शव दिन इन्कार गरेपछी तानसेन नगरपालिका जमानी बसेको छ । तानसेन ९ डाँडाडुमका ५८ बर्षिय एक पुरुषको कोरोनाका कारण हिजो मृत्यू भएको थियो । उपचार खर्च तिर्न नसकेपछी मृतकका ज्वाँइ गुहारका लागि वडा कार्यालय पुगेका थिय । मृतक ४ दिन देखी उपचाररत थिए ।

तानसेन नगरपालिका ९ का वडा अध्यक्ष हरिसमर रेग्मीले मृतकको आर्थिक अवस्था निकै कमजोर भएको बताउदै उपचार खर्च मिनाहाका लागि वडा कार्यालयले सिफारिस समेत गरेको बताएका थिए । मेडिकल कलेजले मिनाहा तथा छुट गर्न नसकेको कुरा बिरामीका आफन्तलाइ बताएपछी तानसेन नगरपालिका प्रमुख अशोक कुमार शाहिले मेडिकल कलेज सँग समन्वय गरेका थिए ।

नगरपालिकाले मेडिकल कलेजलाइ शव दिन र वक्यौता रकमका लागि नगरपालिका जमानी रहेको बताएपछी मेडिकल कलेज शव दिन राजी भएको हो । उनको उपचारका लागि १ लाख ७५ हजार खर्च भएको र त्यसमध्य २० हजार धरौटी थियो । ‘शवनै उठाउन नसकेपछी मैलै मेडिकल कलेजका निर्देशक निर्दोश जि लगाएतलाइ फोन गरेको थियँ’, नगर प्रमुख शाहिले भने, ‘एज एन मेयर मलाइ जान्नुहोस म जमानी भयँ शव चाहिँ दिनुहोस ।’ नगर प्रमुख शाही संगको संवादपछी मेडिकल कलेज शव दिन राजी भएको थियो ।

अस्पतालबाट शव लाने पैसा छैन
नगरपालिका जमानी बसेपछि मेडिकल कलेजले शव उठाउन दिएपनी आफुसंग अस्पतालबाट शव लैजाने पैसा नभएको मृतकका ज्वाइ राजु बिकले बताएका छन । उनले फोनमा रुदैँ भने, ‘ससुरा घरजग्गा बिहिन हो, आफ्नो कोही छैन, मसंग पनि १०० रुपैयाँ छैन, छोराहरु छैनन, अब कसरी शव लाने ? कहाँ को संग गुहार माग्ने ? लौन तपाँइले कहिँ केहि भनेर हुन्छकी ।’ छिमेकी बुद्दिबहादुर बिकले चरम आर्थिक संकट भएकाले दाहसंस्कार गर्ने क्षमता पनी नभएको बताए । उनले पनी सहयोगको अपिल गरेका छन ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.