चिकित्सकले बिरामीलाइ छुँदैनन्–सिसिटिभीबाट हेर्छन कुरुवालाइ आदेश गर्छन

नारायण न्यौपाने/पाल्पा, जेठ २२/रिब्दिकोट गाउँपालिका ४ भैरबस्थान फुलबारीकी ३३ बर्षिया प्रतिक्षा अर्याल अधिकारीलाइ जेठ ६ गते गते लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचारका लागी भर्ना गरियो । मेडिकल कलेजको प्रि कोभिड आइसोलेशनमा भर्ना गरियकी उनलाइ २ दिन उपचारका लागि राखियो तर चिकित्सकले उनलाइ छुँदै छोयनन् । अस्पतालको शैयामा राखीएकी प्रतिक्षाको, उनका श्रीमानलेनै ज्वरो नापे, अक्सिजनको पाइप लगाय, अक्सिजन हेरे । बिपी जाँच गर्न नजानेका प्रतिक्षाका श्रीमान तुलबहादुर अधिकारी संग सिस्टर झर्किय । ‘मैले बिपी चेक गर्न जानिन सिस्टर भन्दा उहाँहरु झर्किनुभयो, चिकित्सकले त मेरी श्रीमतीलाइ छुनु पनी भयन’ तुलबहादुरले भने, ‘श्वास फेर्न समस्या भैरहेको थियो अस्पतालका चिकित्सकलेनै कुरुवालाइ यो गर्नुस उ गर्नुस भनेपछी रिस उठिरहेको थियो तर मेरो बिवशता थियो, म त्याँहा निरिह थियँ ।’

तुलबहादुरले लुम्बिनी मेडिकल कलेजले बिरामी लामो समयसम्म राख्ने र पैसा असुल्ने काम गरेको आरोप समेत लगायका छन । ‘मलाइ दिउसो २ बजे तपाइँको श्रीमतीको रिपोर्ट आउँछ भनियो तर अर्को दिन दिउसो ३ बजे मात्रै रिपोर्ट दिइयो, उनको स्वास्थ थप जटिल भयो । थप उपचारका लागि मैले बुटवल त लगँे तर ढिला भएका कारण उनलाइ सधैका लागि गुमाउनु प्यो ।’ उनले भने ।

तानसेन नगरपालिका ९ डाडाडुमका ५८ बर्षिय बुद्विबहादुर बिकलाइ जेठ १४ गते राती श्वास प्रश्वांसमा समस्या भयो । उनलाइ एम्बुलेन्सको अभावमा अटो रिक्सामा लुम्बिनी मेडिकल कलेज ल्याइयो । साथैमा गएका उनका ज्वाँइ राजु बिश्वकर्मा ससुराको कुरुवा बसे । उनलाइ पनी सिस्टरहरुले मेडिकल सामग्री यसरी उसरी प्रयोग गर्नुस भनेर आदेश दिए । राजुले भने,‘ ज्वरो नाप्ने, अक्सिजन हेर्ने लगायतका काम सबै गर्न लगाउथे, तर म त्यती पढेलेखेको नभएकाले केही बिगारेँभने के होला भन्ने चिन्ता हुन्थ्यो तर नगरी सुख थियन ।’ अक्सिजनको ह्यूमिडी फायर बोटलमा पनी उनलाइ पानि हाल्न लगाइन्थ्यो ।

पाल्पा अस्पतालमा उपचार सम्भव नभएपछी लुम्बिनी मेडिकल कलेज रेफर गरिएकी गुल्मीको रुरुक्षेत्र गाउँपालिकाकी एक महिलाले पनी उस्तै समस्या भोगिन । चिकित्सक र सिस्टर नजिकनै पर्न नखोज्ने र सबै काम गर्न कुरुवालाइनै आदेश गर्ने गरेको उनका आफन्तले बताय ।
मेडिकल कलेजले सिसिटिभी मोनिटर मार्फत सिस्टर तथा बिरामिलाइ आदेश दिने गरेको छ । यसले बिरामीको उपचारमा झनै जटिलता थपेको बिरामीका आफन्तले बताएका छन । हस्पिटल मेट्रोन शिखा पहारीले आफ्नो कक्षबाट निगरानी गर्ने र आवस्यकता अनुसार वाडमा जाने, वा सिस्टरलाइ फलो गर्न लगाउने गरेको स्विकार गरिन । ‘बिरामी गम्भिर भएको अवस्थामा कुरुवालाइ औषधि दिन लगाउछौँ’ पहारीले भनिन, ‘अरु सबै काम सिस्टरहरुले गर्नुहुन्छ, पिपिइ लगाएर जाने टाइम त पाउनुप्यो ।’ बिरामीका आफन्तको आशा बढि भएका कारण गुनासो भएको हुन सक्ने उनको भनाइ छ । उनले आफुहरुले गरेको राम्रो कामको कसैले कुरा नगरेको गुनासो गरिन् ।

मेडिकल कलेजको सेवा प्रभावकारीता कमजोर भएको जिल्ला स्थित नेता तथा जनप्रतीनिधीले पनी बताएका छन । नाम नभन्ने सर्त अघि सार्दै एक जनप्रतीनिधीले भने, ‘म तपाइँलाइ धेरै किल्यू दिन सक्छु मेडिकल कलेजले सेवा भन्दा पैसालाइ बढि महत्व दियो । उनिहरुलाइ बिरामीको एकदमै कम ध्यान छ, यसमा सबै निकायले गम्भिरता पुर्वक चासो दिनुपर्छ ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.