पाल्पामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बियो

नारायण न्यौपाने/पाल्पा, जेठ २३
जिल्ला प्रशासन कार्यालय पाल्पामा आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति डिसिसिएमसीको बैठकले पाल्पामा जारी निषेधाज्ञा आगामि जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको छ । यस अघि बन्द रहेको बैंक भने सोमबारबाट सञ्चालन गर्न दिने निर्णय भएको छ । निर्णय संगै बैँकहरू बिहान ७ देखि १० सम्म खुल्नेछन । अन्य वित्तिय संस्था, लघुवित्त, सहकारी र विमाका कार्यालयहरु भने पुर्ण रुपमा बन्द रहने छन ।

यस्तै तरकारी र खाद्य पसल बिहान ९ बजेसम्म खुल्ने गरेकोमा १० बजेसम्म खुल्न दिने निर्णय भएको छ । साथै जिल्लाका दश वटै पालिकाको प्रत्येक वडामा खोप केन्द्र सञ्चालन गरि ६२ देखि ६४ वर्ष उमरे समुका नागरिकलाई ब्यावस्थित तरिकाले खोप दिने निर्णय समेत भएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.