सुनचाँदीको भाउ बढ्यो

जेठ २५, २०७८ मंगलबार ,काठमाण्डाै – सुनचाँदीको भाउ आज बढेको छ ।आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर ९४ हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन हिजो तोलाको ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँ बढेको छ । हिजो तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको १३ सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.