इलाममा विषालु च्याउ खाँदा दुई जनाकाे ज्यान गयाे

जेठ २५, २०७८ मंगलबार ,इलाम – इलाममा विषालु च्याउ खाँदा दुई जनाको ज्यान गएको छ । विषालु च्याउ खाएर बिरामी भएका इलामको सन्दकपुर गाँउपालिका १ खोलाघारीका ५० वर्षीय टीकाबहादुर राई र ५२ वर्षीय जितबहादुर राईको उपचारका क्रममा बीएण्डसी अस्पताल झापामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गएको शनिवार इलाम नगरपालिका ३ पुवामझुवाका वीरमान राईको घरमा च्याउ पकाएर खाँदा चार जना बिरामी भएका थिए । बिरामी ३५ वर्षीय वीरमान र उहाँकी श्रीमती विष्णुकुमारीको उपचार भइरहेको इलामका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.