कर्णाली प्रदेश सभा बैठक फेरि स्थगित

जेठ २६, २०७८ बुधबार ,सुर्खेत – कर्णाली प्रदेश सभाको बैठक निरन्तर राेकिँदै आएकाे छ । भौतिक पूर्वाधार विकास मन्त्री अमर थापालाई नहटाइएसम्म सदन चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अडान कायमै रहेपछि बैठक राेकिँदै आएको हो । जेठ २४ गतेदेखि सुरु भएको बैठक निरन्तर राेकिँदै आएको हाे ।

आज बसेको बैठकमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले आफूहरूको अडान कायमै रहेको भन्दै मन्त्रीलाई बर्खास्त नगरेसम्म बैठक चल्न नदिने भनेपछि बैठक आधा घण्टाका लागि स्थगित भएकाे थियाे । त्यसपछि पनि एमाले सांसदले विराेध जनाएपछि बैठक भोलि दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ ।फौजदारी अभियोग पुष्टि भइसकेका थापा मन्त्रीबाट नहटेसम्म सदन चल्न नदिने एमालेको बताउँदै आएको छ । असार १ गते प्रदेश सरकारले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । बजेट ल्याउनुअघि प्रि–बजेट छलफल र नीति तथा कार्यक्रम पेस गर्ने सरकारले तयारी गरेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.