दुइ ट्रिपर ठाेक्किएर भएकाे दुर्घटनामा सह–चालकको मृत्यु

२०७८आइतवार ३० जेठ, पाल्पा ,पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं २ लघुवा स्थित गुल्मी पाल्पा पक्की सडकखण्डमा दुई ट्रिपर एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
आईतवार दिउँसो करिव एक वजेको समयमा भएको दुर्घटनामा प्रदेश ३–००१ क ०२५० नम्बरका ट्रिपर सह–चालक गुल्मी जिल्ला रुरु गाउँपालिका वडा नं २ बस्ने ४५ वर्षीय टंकबहादुर कुँवरको मृत्यु भएको अस्पतालले घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बुटवल देखि गुल्मीतर्फ सिमेन्ट बोकेर जादै गरेको बा ४ ख ७३२० नम्बरको ट्रिपरले सोही दिशातर्फ जादै गरेको (अगाडी रहेको) प्रदेश ३–००१ क ०२५० नम्बरको ट्रिपरलाई ठक्कर दिदा दुबै टिपर अनियन्त्रित भई सडक देखि अन्दाजी दुई सय २० मिटर तल खसेको छ ।
दुर्घटनामा परी गुल्मी जिल्ला रुरु गाउँपालिका वडा नं २ बस्ने ३८ वर्षका अशोक कुँवर, सोही स्थानका ४२ वर्षीया रमा कुँवर, ललितपुर जिल्लाका २६ वर्षीय राजेन्द्र बजगाई र नवलपरासी जिल्ला सुनवल ९ बस्ने २२ वर्षका किसन कुँवर रहेका छन् ।
दुर्घटनामा घाईते भएकालाई उपचारका लागि तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा पठाइएको छ । दुर्घटना सम्बन्धी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.