अपेक्षित काम हुन सकेको छैन : बेदबहादुर थापा, कालिगण्डकी गाउँपालिका अध्यक्ष

नारायण न्यौपाने/पाल्पा / कालिगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेदबहादुर थापाले आँफुहरुले युवा केन्द्रित कार्यक्रममा सफलता पाउन नसकेको बताउनु भएको छ । युवालाइ उत्पादन संग जोडेर आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने कार्यमा निती निर्माणमा कमजोरी तथा युवाहरुकोनै कम चासो भएका कारण समस्या भएको उहाँको तर्क छ । रेडियो कुटुम्ब संगको संवादमा गाउँपालिका अध्यक्ष थापाले, युवाहरुले परिश्रमनै नगरि सुविधा मात्रै चाहने भएकाले युवा केन्द्रित कार्यक्रमहरु विफल हुने गरेको बताउनुभयो । ‘मलाइ यो ४ वर्षको अवधिमा पनि युवालाइ उत्पादन संग जोड्न नसकेकोमा ग्लानी छ, जसलाइ लक्षित गरेर कार्यक्रम ल्याइयको हो उनिहरुलेनै रुचायनन्’ अध्यक्ष थापाले भन्नुभयो, ‘बैङकबाट सस्तोमा लोनको समेत ब्याबस्था गरेका थियौँ, तर पनि उपलब्धी भयन ।’

जनप्रतिनिधीहरु जनताको सिर्जनसिलतामा भन्दा सभा सम्मेलन, तालिम गोष्ठिमा चाहेर वा नचाहेर पनि सहभागी हुनुपर्ने भएका कारण गाउँपालिकामा पृथक काम गर्न नसकियको अध्यक्ष थापाको भनाइ छ । ‘सरकारको स्थानिय तहलाइ आर्थिक हिसावले हेर्ने नजर कमजोर छ, चाहेका काम गर्न स्रोत अभावका कारण सकिदैन’ थापाले भन्नुभयो, ‘सरकारले संघियताको मर्म बुझेको छ जस्तो लाग्दैन, स्थानिय तहलाइ शतिmशाली बनाउनेमा ध्यान पुग्न सकेको छैन ।’ गाउँपालिकामा बाँकि कार्यकालमा पनि त्यस्तो उल्लेख्य प्रगती हुने अपेक्षा आँफैले नगरेको थापाले बताउनुभयो । यध्यपि उहाँले शिक्षा, स्वास्थ्य खानेपानीे र बिकाश निर्माणको क्षेत्रमा राम्रो सुरुवात गरेको धारणा राख्नुभयो ।

कालिगण्डकी गाउँपालिकामा अत्याबस्यक अवस्थामा जनताको सेवाका लागि कर्मचारीहरु दिनरात नभनी काम गर्ने गरेको बताउदै अध्यक्ष थापाले शुसासन कामय गर्न तत्पर रहेको बताउनुभयो । देशको बर्तमान राजनितीक अवस्थबाट आफु खुशि नभएको उहाँको प्रतित्रिया छ ।
कोरोनाले आक्रान्त पारेको अवस्थामा गाउँपालिकामा जनताको स्वास्थ्य सुरक्षाका लागि कुनै कसर बाँकि नराखि काम गरिएको थापाले बताउनुभयो ।

प्रस्तुत छ उहाँसंग गरिएको कुराकानी

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.