‘सफलताको यात्रामा छौँ’ माथागढी गाउँपालिका अध्यक्ष-सन्तोष थापा

नारायण न्यौपाने,पाल्पा । असार १ । माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले आँफुहरु सफलताको यात्रामा भएको बताउनुभयको छ । कोरोना माहामारीको समयमा जनताको स्वास्थ्य सुरक्षालाइ अग्रभागमा राख्दै बिकाश निर्माणका काम समेत जारी रहेको थापाले बताउनुभयो । सेवा प्रवाह गर्ने कर्मचारी दरबन्दीको आधा हुँदा पनी माथागढीले निरन्तर जनताको हितमा काम गरेको उहाँको भनाइ छ । ‘हामि १ बर्ष सम्म लेखापाल बिहिन हुनु परेको थियो, वडा सचिवहरु पनी हुनुहुन्न’ थापाले भन्नुभयो, ‘तर पनि हामि निरन्तर काम गरेको छौँ, सफलताको यात्रामा छौँ ।’ प्रदेश लोक सेवाले पटक पटक जानकारी गराउँदा पनी कर्मचारीको ब्याबस्थापनमा कुनै कामनै गर्न नसकेको थापाको आरोप छ । रेडियो कुटुम्बको ‘कुटुम्ब कल’ कार्यक्रममा बोल्दै थापाले, संघ र प्रदेश सरकारले स्थानिय तहलाइ प्राथमिकतामा राख्न नसकेको बताउनुभयो ।

कोरोना प्रभावित बिरामीका लागी सवारीको अभाव भएपछी माथागढी गाउँपालिकाले प्रयोग गर्ने गाडि समेत एम्बुलेन्सका रुपमा सञ्चालन गरेको थियो । पैसा हुनेका लागि शसुल्क र नहुनेका लागि निशुल्क रुपमा सेवा प्रदान गरएको थापाको भनाइ छ । सेवा प्रदान गरेको बिषयमा केही ब्यातिmले भ्रम फैलायको भन्दै बिना प्रमाण बोली रहँदा जनतामा गलत सुचना जाने औँल्याउनुभयो ।

चालु आर्थिक बर्षमा स्वास्थ्य, शिक्षा, बिकाश निर्माणका काममा आशातित प्रगती भएको भन्दै थापाले अझै धेरै गर्न बाँकि रहेको बताउनुभयो । माथागढीले आगामि आर्थिक बर्षका लागि कोरोनाबाट प्रभावमा परेको क्षेत्रलाइ माथि उठाउनका लागि प्राथमिकतामा राखेर बजेट निर्माण गर्दै छ । केन्द्रिय राजनितीमा हुन पर्ने नभएको र नहुन पर्ने मात्रै काम भएको गाउँपालिका अध्यक्ष थापाको टिप्पणी छ । ५ बर्ष सरकार चलाउन पाएको जनताको मत नेकपाले भुलेको थापाले बताउनुभयो ।

प्रस्तुत छ माथागढी गाउँपालिका पाल्पाका अध्यक्ष सन्तोष थापा संगको कुराकानी

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.