सेतिबेणी बजार डुबानको उच्च जोखिममा,७ घर भत्किए

नारायण न्यौपाने/पाल्पा, असार २/ अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाब बढेपछि पर्वत, स्याङ्जा र गुल्मीको संगम स्थल सेतिबेणी बजार डुबानको उच्च जोखिममा छ । नदी किनार नजिकका ७ घर भत्किएका छन । प्रभावितलाइ सुरक्षित स्थानमा सारिएको बिहादी गाउँपालिकाका अभ्यक्ष कमल प्रसाद भुषालले जानकारी दिए । ‘मैलै त्यो स्थानमा पुगेर निरिक्षण समेत गरेँ, कालिगण्डकी नदी र सेती खोलामा पानिको बहाब बढिरहेकाले जोखिम काममै छ’ भुषालले भने,‘आवस्यक सरसहयोगका लागि हामि तयार छौँ ।’ शालिग्राम क्षेत्रमा रहेका सबै संरचना समेत बाढिले बगाएको भुषालले बताए ।

बजारको सबै बस्ती जोखिममा रहेका कारण सेतीबेणी बासी रातभर जागाराम बसेको स्थानिय मदन ज्ञवालीले बताए । ‘रातभरी हामि कोहि पनि सुतेका छैनौँ, ज्ञवालिले भने, ‘कतिबेला के हुने हो थाहा छैन ।’

कालिगण्डकी जलविद्युत् पयिोजनाको निर्माण पछी सेतीबेणी बजार सधै जोखिममा छ । बजार भन्दा ७ किलोमिटर तल परियोजनाको बाँध छ । कालिगण्डकी जलबिद्यूत परियोजनाको बाँधका सबै ढोका खोलीयको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाले बताए । अधिकारीले भने, ‘यो बेलामा सुरक्षा अपनाउनु महत्वपुर्ण कुरा हो ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.