प्राविधिकसहित १० जना विज्ञको टोली हेलम्बुमा

असार ५, २०७८ शनिबार ,काठमाण्डाै – मेलम्चीमा पानी नपर्दा पनि बाढी आएको कारण बुझ्न प्राविधिकसहितको विज्ञको टोली सिन्धुपाल्चोकको हेलम्बुमा पुगेको छ । बिहान साढे ११ बजे हेलिकोप्टरबाट राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलकाे नेतृत्वमा प्राविधिकसहित १० जना विज्ञको टोली हेलम्बु पुगेको हो । अहिले बाढी पहिरो आएका ठाउँको अवलोकन र निरीक्षण गर्ने काम भइरहेको पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पानी नपरे पनि मेलम्चीमा बाढी आउनुको कारण बेलुकासम्ममा केही जानकारी सार्वजनिक गरिनेछ । विज्ञ टोली आजै काठमाण्डौ फर्किने छ । मेलम्ची खोलामा अहिले पानीको सतह कम भए पनि घटबढ भइरहेकाले त्रास थपेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.