फेरि पनि सभापति बनेर पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु : देउवा

असार ५, २०७८ शनिबार ,काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो महाधिवेशनपछि आफू फेरि पनि सभापतिमा दोहोरिने बताउनुभएको छ । आफू निकटका केही नेताहरुसँगको छलफलमा सभापति देउवाले संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुने र आफू फेरि पनि सभापतिमा लड्ने बताउनुभएको हो । आफ्नै कार्यकालमा ३ तहको चुनाव भएको र प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाएको भए पनि कम जितेको भन्दै उहाँले आफूले सभापति उठेर जित्ने बताउनुभएको हो

पार्टीमा धेरै काम गर्न बाँकी रहेकाले फेरि सभापतिमा दोहोरिन चाहेको भन्दै उहाँले अब पार्टीलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउनेतिर लाग्ने बताउनुभयो । छलफलमा नेताहरु मीन विश्वकर्मा, सुनिल थापा, ज्ञानेन्द्रबहादुर कार्की, डा. डिला संग्रौला, सुजाता परियारलगायत नेताहरु सहभागी थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.