डब्लूएचओका महानिर्देशक भन्नुहुन्छ, ‘स्वास्थ्यकर्मीहरु हिरो हुन्’

असार ५, २०७८ शनिबार ,काठमाण्डाै – विश्व स्वास्थ्य संगठन डब्लूएचओले नेपालको मुस्ताङमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासको प्रशंसा गरेको छ । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयसले स्वास्थ्यकर्मीहरु नायक हुन् भन्दै प्रशंसा गर्नुभएको हो । गएको १ गते मुस्ताङको छापताङ् खोलामा बाढी आएर तर्न नसकिने भएपछि स्वास्थ्यकर्मीले पाइपको सहारले खोप राख्ने भाँडोलाई पारी तारेको भिडियो हेरेपछि उहाँले प्रशंसा गर्नु भएको हो ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै उहाँले लेख्नु भएको छ, ‘स्वास्थ्यकर्मीहरु जीवन रक्षाका लागि कति टाढासम्म जाँदैछन्, यो हाम्रो शक्ति र कर्तव्य हो ।’उहाँले यस्ता हिरोहरु अहिले पनि धेरै ठाउँमा कोरोना खोपबाट वञ्चित भएका भन्दै यो न्याय नभएको बताउनु भएको छ । यस्तै, उहाँले समान रुपमा खोप वितरण गर्ने प्रयास गरिरहेको पनि बताउनु भएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.