तानसेन नगरपालिकाकाे बजेट एक अर्ब १५ करोड, कर नबढ्ने, घाटा बजेटबाटै नगरकाे विकास !

असार ५, २०७८ शनिबार ,तानसेन नगरपालिकाकाे बजेट एक अर्ब १५ करोड, कर नबढ्ने, घाटा बजेटबाटै नगरकाे विकास !
तानसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि १ अर्ब १५ करोडको बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेकाे छ । नगरपालिकाले ८ कराेड घाटा बजेट ल्याउने तयारी गरेकाे हाे ।

तानसेनमा आयोजित पत्रकार भेटघाटमा बाेल्दै नगर प्रमुख अशोक कुमार शाहीले नगरपालिकाले १७ सय विपन्न परिवारको निशुल्क स्वास्थ्य विमा गरिदिएको, शिक्षा,स्वास्थ्य,पूर्वाधार,कृषि र युवास्वरोजगारलाई समेटेर अघि बढ्ने बताए । कोभिड महामारीले थलिएकाे पाल्पाकाे पर्यटनलाइ नगरपालिकाले प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याउन लागेकाे बताए । नगरपालिकाले यो बर्ष व्यवसायिक करको दायरालाई बढाएको तर कर शुल्क नबढाउने स्पष्ट पारे । यस वर्ष नगर सरकारको मुख्य प्राथमिकतामा सुविधा सम्पन्न बस टर्मिनल, स्वास्थ्य सेवा विस्तारका काम संगै एक वठा एक किलोमिटर सडक कालोपत्रेलाई प्राथमिकता दिईने छ ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले नगरपालिकाले चालु अार्थिक वर्षमा नगरपालिकाले गरेकाे क्रियाकलापकाे संक्षिप्त विवरण जानकारी गराएका थिए । कार्यक्रममा उपप्रमुख लक्ष्मी पाठकले पत्रकारहरुबाट आएका सुझावहरुलाई मनन् गर्दै आगामी नीति तथा कार्यक्रममा समावेश गरिने बताउनुभयो । छलफलमा जिल्लाका पत्रकहारहरुले सेवा प्रवाहलाई चुस्त बनाउदै नगर सरकारले बजेट कार्यन्वयन गरि योजना पुरा गर्ने तर्फ ध्यान दिनुपर्ने राय ब्यक्त गरेका थिए । कार्यक्रमका अध्यक्ष पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले तानसेनले नयाँ कार्यक्रम थप्ने भन्दा पुरानो कार्यक्रमलाई पुरा गर्ने गरि बजेट ल्याउन आवश्यक रहेको बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिताम्वर पाण्डले पत्रकारहरुबाट आएका गुनासोको जवाफ दिर्दै तानसेनमा देखिने गरि काम गर्ने बताए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.