प्रधानमन्त्रीकाे ‘भ्याकेट’ निवेदन : सर्वाेच्चले कर्णालीका चार सांसदलाई बाेलायाे

असार ८, २०७८ मंगलबार ,काठमाण्डाै – सर्वोच्च अदालतले कर्णाली प्रदेशका चार जना सदस्यलाई अदालत बोलाएको छ । कर्णाली प्रदेश सभाका चार जना सदस्यको पद थमौती गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको पुनरावलोकन (भ्याकेट) निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले प्रदेश सभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई पनि बोलाएको हो ।

आफ्नै पार्टीको सरकारलाई साथ नदिएर ‘फ्लोर क्रस’ गरेको भन्दै कर्णाली प्रदेश सभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले निलम्बन गरेको थियो । तर जेठ २७ गते सर्वोच्चले दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकाे कारबाहीले मान्यता नपाउने भन्दै पुनर्बहाली गरिदिएको थियो । पुनर्बहालीको निर्णयमा प्रधानमन्त्री ओलीले हिजो पुनरावलोकन निवेदन दिनुभएको छ । माधव नेपाल पक्षले ओलीको कदमले पार्टी एकता थप बिविथोलिएको प्रतिक्रिया दिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.