विश्वमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १८ करोड नाघ्यो

असार १०, २०७८ बिहिबार ,काठमाण्डाै – विश्वमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १८ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा चार लाख १३ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १८ करोड तीन लाख भन्दा धेरै भएको हो । विश्वका धेरैजसाे ठाउँमा फैलिएको कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा तीन करोड ४४ लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने दोस्रोमा रहेको भारतमा तीन करोड ८२ हजार भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये १६ करोड ५० लाख ६० हजार भन्दा धेरै निको भएका छन् । यो कुल सङ्क्रमणको झण्डै ९२ प्रतिशत हो । सङ्क्रमण पुष्टि भएकामध्ये ३९ लाख ६ हजार भन्दा धेरैको ज्यान गएको छ । विश्वका दुई सय २२ वटा देश तथा स्वशासित क्षेत्रमा कोरोना पुष्टि भएकोमा १६ वटा देश तथा स्वशासित क्षेत्रमा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेर कोरोनामुक्त भइसकेका छन्

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.