२४ घण्टामा २ हजार ४ सय ४४ जनामा काेराेना सङ्क्रमण, ३ हजार ८ सय ५३ जना निकाे

असार १४, २०७८ सोमबार ,काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार चार सय ४४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय नौ जना र चार हजार नौ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ३५ जना गरी दुई हजार चार सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ३५ हजार एक सय ८८ जना र एन्टिजेन परीक्षणमा ३३ हजार ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन हजार आठ सय ५३ जना काेराेना सङ्क्रमणबाट मुक्त भएसँगै निको हुनेको सङ्ख्या पाँच लाख ८८ हजार एक सय ८७ पुगेकाे छ । अहिले नेपालमा ३७ हजार नौ सय ५० जना सक्रिय सङ्क्रमित छन् । यस्तै काेराेना भाइरसकाे सङ्क्रमणबाट थप ४२ जनाको ज्यान गएसँगै अहिलेसम्म काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ५१ पुगेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.