नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ३३ हजारमा झर्‍याे

असार १६, २०७८ बुधबार काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ९७ जना काेराेना सङ्क्रमणबाट मुक्त भएसँगै निकाे हुनेको सङ्ख्या पाँच लाख ९६ हजार एक सय ३२ पुगेको छ । याेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार पाँच सय ६१ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले नेपालमा काेराेना सङ्क्रमण निकाे हुने दर ९३ दशमलव ३ प्रतिशत रहेकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई हजार आठ सय ९२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ८७ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार आठ सय ८९ र चार हजार तीन सय ८१ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार तीन जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै नेपालमा अहिलेसम्म काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ३८ हजार आठ सय पाँच पुगेको छ । यस्तै काेराेना सङ्क्रमणका कारण थप ४१ जनाको ज्यान गएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार एक सय १२ पुगेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.