वीपी कोइराला अध्ययन केन्द्रको भवन शिलान्यास, काठमाण्डौ महानगरले दुई करोड रुपैयाँ दिने

असार १६, २०७८ बुधबार काठमाण्डाै – जननायक वीपी कोइराला मेमोरियल ट्रस्टले ‘वीपी कोइराला अध्ययन अनुसन्धान केन्द्र’ भवन निर्माण गर्ने भएको छ । भवनको कांग्रेस सभापति शेरबहादुर देउवा, विपी पुत्र डाक्टर सशाङ्क कोइराला र काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रूपमा शिलान्यास गर्नुभयो । भवन निर्माणका लागि काठमाण्डाै महानगरपालिकाले मात्रै दुई करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । भवन निर्माणका लागि वाग्मती प्रदेश सरकारले ५० लाख र ट्रस्ट आफैँको एक करोड रुपैयाँ लगानी रहने छ । थप रकम दाताबाट जुटाउने ट्रस्टले जानकारी दिएको छ । भवन निर्माणको लागत चार करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । काठमाण्डाै महानगरपालिका वडा नम्बर ५ को हाँडीगाउँमा निर्माण हुने भवन निर्माणका लागि काठमाण्डाै महानगरपालिकासँगै प्रदेश सरकार लगायतबाट पनि सहयोग प्राप्त भएको प्रतिष्ठानका महासचिव रामचन्द्र पोख्रेलले जानकारी दिनुभयो ।

शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्नु हुँदै कांग्रेस सभापति देउवाले वीपीको योगदानलाई कदर गर्दै भवन निर्माणका लागि काठमाण्डाै महानगरपालिका र अन्यले गरेको सहयोगप्रति पार्टीकाे तर्फबाट धन्यवाद दिनुभयो । यस्तै कांग्रेस महामन्त्रीसमेत रहनुभएका वीपी पुत्र सशाङ्कले वीपीको स्मृतिमा भवनको शिलान्यास भएको दिनलाई आफूले महत्त्वपूर्ण दिनका रूपमा लिएको बताउनुभयो । कार्यक्रममा काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू कुनै समय वीपीलाई हेर्न र सुन्न सार्वजनिक कार्यक्रममा जाने गरेको स्मरण गराउँदै आज उहाँकै स्मृतिमा निर्माण हुन लागेको वीपी अध्ययन–अनुसन्धान केन्द्र भवनको शिलान्यास कार्यक्रममा महानगर सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.