बङ्गलादेशमा कोरोना महामारी : नियम अटेर गर्नेलाई जेल सजाय हुन सक्ने

असार १७, २०७८ बिहिबार ,काठमाण्डाै – बङ्गलादेशमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढेपछि लकडाउनकाे घोषणा गरिएको छ । आजदेखि आउँदो २४ गतेसम्म त्यहाँ लकडाउन लागू भएको बीबीसीले जनाएको छ । नियम अटेर गर्नेलाई जेल सजाय हुन सक्ने त्यहाँका सरकारी अधिकारीले बताएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार बङ्गलादेशमा डेल्टा भेरियन्टका कारण केही समययता सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ । यस्तो अवस्थामा लकडाउन पालना गरेर घरभित्रै नबसे अवस्था भयावह हुन सक्ने त्यहाँका स्वास्थ्य विज्ञले चेतावनी दिएका छन् बङ्गलादेशमा अहिलेसम्म नौ लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको छ भने कोरोनाका कारण १४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.