कृषकको खातामा बिहादी गाउँपालिकाको पैसा

नारायण न्यौपाने,पाल्पा असार १७/पर्वतको बिहादी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि कृषिलाइ थप प्राथमिकतामा राखेर कार्यक्रम तय गरेको छ । गाउँपालिकाले किशानको बारिमै पुगेर कृषकको उत्पादन बजारिकरणका लागि निशुल्क ढुवानी गर्ने ब्यावस्था गरेको छ । त्यस्तै गाउँपालिकाले कृषक बचत खाता कार्यक्रम शुरु गर्ने गाउँपालिका अध्यक्ष कमल प्रसाद भुसालले जानकारी दिनुभयो । यसमा मासिक रुपमा कृषकले ५०० रुपैँया र पालिकाले २५० रुपैयाँ बैङक खातामा जम्मा गर्ने छन ।

‘कृषक र पालिकाको संयुतm खाता खोलिनेछ, ५ बर्षसम्म जम्मा हुने रकमले कृषकले केही गर्न सक्छन’ भुसालले भन्नुभयो, ‘यो योजनाले कृषकलाइ पैसा जम्मा गर्नुपर्छ भन्ने भावनाको पनी बिकाश हुन्छ ।’ भुषालले दुधमा उत्पादनको आधारमा अनुदान दिने कार्यक्रम जारी रहेको बताउदै बिहादीलाइ कृषि उपज निर्यातको चरणमा पु्याउने बताउनुभयो ।

बिहादी गाउँपालिका अध्यक्ष कमल प्रसाद भुसाल संगको बृस्तीत कुराकानी

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.