बाैद्धबाट साढे १४ लाख रुपैयाँसहित २८ जुवाडे पक्राउ

असार २३, २०७८ बुधबार ,काठमाण्डौ – काठमाण्डाैको बौद्धबाट साढे १४ लाख रुपैयाँसहित २८ जना जुवाडे पक्राउ परेका छन् ।
काठमाण्डौ महानगरपालिका वडा नम्बर ६ बौद्धमा वाङचु शेर्पाको घरमा पैसाको हार/जित हुने गरी जुवा र कौडा खेलिरहेको भन्ने प्राप्त सूचनाका आधारमा छापा मार्दा १४ लाख ५९ हजार रुपैयाँसहित २८ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । उनीहरूकाे साथबाट एक लाख ८० रुपैयाँको चेक, ११ हजार भारतीय रुपैयाँ, ३० थान कौडा, ३५ बुक तास लगायतका सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.