पाल्पा : पहिरोले पाँच घर पुरियो, एक जनाको ज्यान गयो, एक जना बेपत्ता

असार २४, २०७८ बिहिबार ,पाल्पा – पाल्पाको तिनाउँ गाउँपालिका-५ केराबारी नजिकै गएको पहिरोले पाँच घर पुरिँदा एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । कल्याणी आधारभूत विद्यालय नजिकै रहेको गिट्टीखानी नजिक पहिरो जाँदा वीरबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको हो । पहिरोले ८ वर्षीय बालक आरब परियार बेपत्ता भएका छन् । बिहान साढे ३ बजे आएको पहिरोले हरि दर्लामी, सुजा परियार, नरबहादुर राना, वीरबहादुर गुरुङ र बलबहादुर पुनको घर पुरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

पहिरोले घाइते भएकाहरुलाई कल्याणी आधारभूत विद्यालयमा राखेर उपचार भइरहेको र विस्थापितलाई पनि त्यहीँ विद्यालयमा राखिएको प्रहरीले जनाएको छ । हिजोदेखि वर्षाका कारण पहिरो जाँदा पाल्पा-बुटवल सडक खण्डको सिद्धार्थ राजमार्ग समेत बन्द भएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.