युरो कप र कोपा अमेरिकाका खेलमा सट्टेबाजी खेलाउने पक्राउ

असार २४, २०७८ बिहिबार ,काठमाण्डाै – युरोपमा भइरहेकाे युरो कप २०२० र दक्षिण अमेरिकामा भइरहेको कोपा अमेरिकाको फुटबल खेलमा सट्टेबाजी खेलाउने एक जनलाई प्रहरीले मङ्गलवार पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले अनलाइन (भाइबर, ह्वाट्सएप) मार्फत सट्टेबाजी गराइरहेको अवस्थामा पोखरा महानगरपालिका–६ लेकसाइडमा रहेकाे एक होटलबाट पोखरा–२७ तालचोकका १८ वर्षीय सुलभ सुवेदीलाई पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता प्रनाउ सुवास हमालले बुधवार जानकारी दिनुभयो ।

निजलाई सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत सट्टेबाजी गर्न नहुने कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको र घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.