वित्तीय साक्षरता कार्यक्रमका लागि आइएमई पे र मिडिया इन्टरनेशनलबीच सम्झौता

असार २४, २०७८ बिहिबार ,काठमाण्डाै – वित्तीय साक्षरता कार्यक्रमका लागि आइएमई पे र मिडिया इन्टरनेशनलबीच सम्झौता भएको छ ।सम्झौता अनुसार मिडिया इन्टरनेशनलको आयोजनामा देशका सबै जिल्लामा सञ्चालन हुने फाइनान्सियल डिजिटलाइजेशन लिट्रेसी कार्यक्रमको मुख्य प्रायोजक आइएमई पे हुनेछ । सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मिडिया इन्टरनेशनलका प्रबन्ध निर्देशक माधव निर्दोषले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले यो कार्यक्रम देशका सबै क्षेत्रमा वित्तीय साक्षरता पुर्याउन सफल हुने विश्वास व्यक्त गर्नुभयो भने प्रबन्ध निर्देशक माधव निर्दोषले आइएमईसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनुभयो । आइएमई ग्रुपमा प्रवक्ता राजु पौडेलले नेपाल सरकारले अघि सारेको ‘डिजिटल नेपाल’ अभियानलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ कार्यक्रममा सहभागी भएको बताउनुभयो । भर्चुअल माध्यमबाट सञ्चालन हुने यस्ता कार्यक्रममा प्रशिक्षण प्रदान गर्नका लागि आइएमईले तालिम तथा प्रशिक्षण विभागका प्रमुख माधव कटुवाललाई जिम्मेवारी दिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.