पाँच खेलको टी–ट्वान्टीमा वेस्ट इन्डिजलाई २–० को अग्रता : दोस्रो खेलमा अस्ट्रेलिया ५६ रनले पराजित

असार २७, २०७८ आइतबार ,काठमाण्डाै – अस्ट्रेलियासँगको दोस्रो टी–ट्वान्टी घरेलु टिम वेस्ट इन्डिजले ५६ रनले जितेको छ । लगातार दोस्रो जितसँगै पाँच खेलको ट्वान्टी ट्वान्टी श्रृङ्खलामा वेस्ट इन्डिजले २–० को अग्रता बनाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा चार विकेट गुमाएर १ सय ९६ रन बनायो ।

जितका लागि १ सय ९७ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९ ओभर २ बलमा १ सय ४० रनमा समेटियो । अस्ट्रेलियाका लागि मिचेल मार्सले ५४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । वेस्ट इन्डिजका हेडेन वाल्सले ३ तथा शेल्डन कोट्रेलले २ विकेट लिए । वेस्ट इन्डिजका शिम्रम हिटमायरले ६१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै ड्वाने ब्राभोले अविजित रहँदै ४७ रन जोडे । लेन्डल सिमोन्सले ३० रन बनाए । आन्द्रे रसेल २४ रनमा अविजित रहे । अस्ट्रेलियाका जोस हाजलउड, एस्टन अगर र मिचेल मार्सले १/१ विकेट लिए । पहिलो खेल वेस्ट इन्डिजले १८ रनले जितेको थियो । तेस्रो खेल मङ्गलवार हुनेछ

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.