सुनको भाउ तीन सय रुपैयाँले बढ्याे

असार ३०, २०७८ बुधबार ,काठमाण्डाै – सुनको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको हो ।हिजो तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तीन सय रुपैयाँले बढेर तोलाको ९२ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँमा झरेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.