काठमाण्डौमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

साउन १, २०७८ शुक्रबार ,काठमाण्डाै – काठमाण्डौमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्राका लागि मौज्दात सकिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले जनाएको छ ।

खोप सकिएपछि अहिले चलिरहेको खोप लगाउने कार्यक्रम स्थगित भएको काठमाण्डौका स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो । गएको २९ गतेदेखि साउन २ अर्थात् भोलिसम्म खोप कार्यक्रम सञ्चालन गर्ने भनिएकोमा खोपको मौज्दात समाप्त भएको हुँदा भोलीका लागि भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगन भएको स्वास्थ्य कार्यालय काठमाण्डौले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.