चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने

साउन १, २०७८ शुक्रबार ,काठमाण्डाै – चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्नुभएकी चिनियाँ राजदूत होउ यान्छीले चीन सरकारले नेपाललाई थप खोप दिने निर्णय गरेको जानकारी गराउनुभएको हो ।

यसअघि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ । नेपालले चीनसँग खरिद गरेको ४० लाख डोज खोपमध्ये आठ लाख डोज पनि आइसकेको छ ।

प्रधानमन्त्री देउवा र राजदूत यान्छीबीच भएको भेटमा कोरोना महामारीविरुद्ध सहकार्य तथा दुई देशको सम्बन्धबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै प्रधानमन्त्री देउवाले खोप सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.