प्रतिनिधि सभा बैठकको कार्यसूची तय, प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

साउन ३, २०७८ आइतबार ,काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बस्ने संसदको बैठकमा विश्वासको मत लिने हुनु भएको छ । केहीबेरअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको हो।

याे पनि पढ्नुहाेस् ।
प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने
कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव निर्णायार्थ प्रस्तुत हुने विषयमा छलफल भएको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

यस्तै, दोस्रो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत हुनेछ । बैठक दिउँसो ४ बजे बस्दैछ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.