जनकपुर–जयनगर रेल्वे ट्र्याकको सफल परीक्षण

साउन ३, २०७८ आइतबार ,काठमाण्डाै – जनकपुर–जयनगर रेल्वे ट्र्याकको आइतबार सफल परीक्षण गरिएको छ । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर दुरीमा प्रतिघण्टा एक सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा रेल सञ्चालन गरेकाे र परीक्षण सफल भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिनुभयो ।

चालक दलका लागि नयाँ ट्र्याक भएकोले जयनगरबाट आउँदा ६० किलोमिटर प्रतिघण्टा र फर्कदा एक सय १५ किलोमिटर प्रतिघण्टामा फर्किएको उहाँले बताउनुभयो । ट्र्याक परीक्षणको काम भारतकै भएकोले परीक्षणका लागि उतैबाट रेल ल्याएर फर्काएको उहाँले बताउनुभयो । भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा रेल्वे लिकको स्पीड र सर्टिफिकेशन गरिएको हो ।

महाप्रबन्धक भट्टराईले ट्र्याकको स्थितिबारे परीक्षण गरेको र भारतीय पक्षले रेल सञ्चालन गर्नका लागि ट्र्याक सुरक्षित रहेको प्रमाणित गरेपछि सरकारसँगको समन्यवमा रेल सञ्चालनको मिति तय हुने बताउनुभयो । उहाँले रेल सञ्चालनका लागि कम्पनी तयारी अवस्थामा रहेको पनि बताउनुभयो । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्गमा यसअघि असोज २ गते दुई सेट डेमो ट्रेन जनकपुरसम्म ल्याइएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.