सुनको भाउ आज पनि बढ्यो

साउन ५, २०७८ मंगलबार ,काठमाण्डौ – सुनको भाउ आज पनि बढेको छ । हिजो तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि चार सय रुपैयाँले बढेको हो । सुन आज तोलामा ९३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.