माधव नेपाललाई भेटे लगत्तै प्रचण्ड बालुवाटारमा

साउन ५, २०७८ मंगलबार,काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुग्नु भएको छ ।

उहाँहरुबीच मन्त्रिपरिषद् विस्तारसहित पछिल्लो राजनीतिक विषयमा कुराकानी हुने बुझिएको छ । यस अघि प्रचण्डले एमाले नेता माधवकुमार नेपालसँग उहाँकै निवास कोटेश्वरमा भेटवार्ता गर्नु भएको थियो ।

प्रधानमन्त्री देउवाले माधव पक्ष सरकारमा जाने नजाने निश्चित भए पछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नु भएको छ । यस्तै, प्रचण्ड र नेपालबीच छलफल सकिए पछि जनता समाजवादी पाटी जसपाका अध्यक्ष उपेन्द्र यादव पनि कोटेश्वर पुग्नु भएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.