साउन ७, २०७८ बिहिबार ,काठमाण्डाै – साउदीमा आउँदो अगस्ट १ देखि कोरोनाविरुद्धको खोप नलगाएकाहरु सार्वजनिक स्थलमा जान नपाउने भएका छन् । साउदी अरबको नगरपालिका तथा ग्रामीण मामिला मन्त्रालयले सूचना निकालेर अगस्ट १ देखि खोप नलगाएका व्यक्तिलाई सपिङ मल, बजार, रिटेल पसललगायतका क्षेत्रमा जान प्रतिबन्ध लगाइने जनाएको हो । त्यस्तै ब्युटि पार्लर, वैवाहिक समारोह तथा पार्टी हल, रेस्टुरेन्ट, पुरुष सैलुनमा जानका लागि खोप लगाएको प्रमाण देखाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

साउदी सरकारले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि पछिल्लो समय कडाई गरिरहेको छ । यसपालीको हजमा पनि साउदीले आफ्ना देशका ६० हजार नागरिकलाई मात्र अनुमती दिएको थियो । हज जाने यात्रीका लागि कोरोना विरुद्धको दुवै खोप अनिवार्य गरिएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.