पाल्पामा बैकल्पिक बिजुली

पाल्पा । श्रावण ८ । बिगत ९ बर्षदेखी अनिश्चित कालिन अवरोध हुने पाल्पामा बितरित बिजुलीको भरपर्दो बिकल्पमा समझदारी भएको छ । स्याङ्जाको गल्याङ्स्थित आँधिखोला पावर हाउस र पाल्पा बितरण केन्द्र बिच आवस्यकताको अधारमा विद्युत् खपत गर्न सकिने सम्झौता भएको नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रका प्रमुख शुसिल पौडेलले बताउनुभयो ।

पाल्पाका लागि बुटवल पावर कम्पनीबाट सप्लाई हुँदै आएको विद्युत् दिनौँ सम्म अवरोध हुने गर्दथ्यो । यसको प्रमुख कारण भौगोलीक अबस्था थियो । पत्रकारहरु, जनप्रतीनिधी र प्रशासनका अधिकारी सम्मिलित अन्तरक्रिया कार्यक्रममा आँधिखोला पावर हाउसबाट सप्लाइ भएको अबस्थामा कुनै ठुलो प्राविधिक समस्या बाहेक पाल्पाको विद्युत् डेढ घण्टा भन्दा धेरै समय नजाने बितरण केन्द्रले जनाएको छ ।

९ बर्ष अघि सम्म जारी स्याङ्जाको गल्याङ्स्थित आँधिखोला पावर हाउस संगको सम्झौता रद्द गर्न जिम्वेवार ठानिएका राजनितीक नेताका कारण पाल्पालीले नियमित बिजुली उपयोग गर्न पायका थियनन् । पटक पटकको दबावमा ९ बर्षको बिचमा कुनै निकाश दिन नसकेका पाल्पाली केही नेताका अघि कर्मचारीको भुमिका महत्वपुर्ण देखिएको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेय र नेपाल विद्युत् प्राधिकरण पाल्पा वितरण केन्द्रका प्रमुख शुसिल पौडेलको मुख्य पहलमा भएको आँधिखोला पावर हाउस संगको सम्झौता निरन्तरताका लागि पाल्पालीले अनुरोध गरेका छन ।
भिडियो सामग्री

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.