सप्तरीमा एक वर्षमा साढे चार सय जनाले लिए अंगीकृत नागरिकता

साउन ९, २०७८ शनिबार ,सप्तरी – सप्तरीमा एक वर्षमा साढे चार सय जनाले अंगीकृत नागरिकता प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा चार सय ५३ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएकाे छ । सप्तरीमा पछिल्लो तीन महिनामा मात्रै दुई सय जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीको तथ्यांकअनुसार गएकाे वैशाख, जेठ र असारमा मात्रै दुई सय जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका हुन् । नेपालकाे संविधान २०७२ काे धारा ११ (५), (६), (७), (८) मा अंगीकृत नागरिकता सम्बन्धी व्यवस्था गरिएकाे छ । यसैगरी आर्थिक वर्ष २०७७/०७८ मा २ हजार ६ सय जनाले राहदानी बनाएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.